सुदर्शन बजगाई,आशाका किरण समाचार । कक्षा ६ देखि सहासिक गतिबिधीमा रुचि राख्ने अनिस लुइँटेलले पासङ ल्हामु शेर्पाबाट प्रेरणा लिएर सगरमाथा चढेका हुन् । सामाजिक शिक्षामा पासाङ ल्हामु शेर्पाको बारेमा पढेदेखीनै सगरमाथा चढ्ने लक्ष्य अनिस लुइँटेलले राखेका थिए । २०१५ मा पहिलो चोटि सगरमाथा चढ्न प्रयास गर्दा भुईचालोले भेट्दा ज्यान सकियो भनेका अनिस लुइँटेलले सपना सकिएको महसुस गरेका थिए । भुकम्पका कारण रोकिएको पहिलो प्रयास्बाट बिचलित नभई स्काउटर अनिस लुइँटेलले हार खाएनन् ।संसार गर्नेहरुकोलागीको भन्ने नेपाल स्काउटले जगाएको दृढ आत्मविश्वास बोक्दै पुनः २०१६ मा अनिस लुइँटेल सफलतापुर्वक सगरमाथाको शिखरमा पुगेका थिए । आफू आबद्द भएको संस्थालाई विश्वसामु चिनाउन पाउँदा गर्व लागेको लुइँटेलले बताए । दुईपटक सगरमाथा चढेका लुइँटेल समाजमा परिवर्तन ल्याउन स्काउट गतिविधिले उल्लेखनीय भुमिका खेल्ने बताउँछन् । अहिलेको नेतृत्वले स्काउटमा गरेको कामले अनिस लुइँटेल सन्तुष्ट रहेको बताउँछन् । हेर्नुस विविध गतिविधिका साथमा तिनै सगरमाथा आरोही अनिस लुइँटेलको कथा कार्यक्रम म स्काउट नेपालीको भाग ८ मा :
