• Tuesday 8th of September 2026

सुस्वास्थ्य र दीर्घायु चाहनुहुन्छ ? पालना गर्नुहोस् आयुर्वेदका यी नियम


  • आशाका किरण

विश्वको सबैभन्दा पुरानो उपचारपद्धति हो, आयुर्वेद । चरकसंहिता र सुश्रुतसंहिता आयुर्वेदका प्रमुख ग्रन्थ हुन् ।

आयुर्वेदले रोग लाग्न नदिने मात्र होइन लागेका रोग निको पार्ने उपाय बताउँछ । शरीरमा रोग प्रवेश नै गर्न नदिन आयुर्वेदका यस्ता सूत्र छन्–

सत्यवादी हुनु, मनलाई अध्यात्म चिन्तनतिर लगाउनु, क्रोधबाट मुक्त रहनु, शान्त भइरहनु र सदाचारी हुनुस यी नियम पालना गर्दा स्वस्थ भइन्छ ।

आफूलाई फाइदा गर्ने वा नगर्ने नजानी खाना खानु हुँदैन । कुन खानेकुराले शरीरलाई राम्रो गर्छ भन्ने बुझेर मात्र खानेकुरा खानुपर्छ । किनभने शरीर खानेकुराबाट बन्ने र अडिने हो ।

खाना खाइसकेपछि मही खानुपर्छ । राति सुत्ने वेला दूध लिनुपर्छ । बिहानीपख हुनलाग्दा मनतातो पानी पिउनुपर्छ । यी नियम पालना गर्दा रोगबाट बचिन्छ ।

अघिल्लोपटक खाएको कुरा पचिसकेपछि मात्र अर्कोपटक खाना खानुपर्छ । शरीरका विभिन्न वेग (दिसा, पिसाब) रोक्नु हुँदैन । ब्रह्मचर्य र अहिंसापालन गर्नुपर्छ । खतरा मोलेर अति साहसको काम गर्नुहुँदैन । यी नियम पालना गर्दा मानिसको आयु बढ्छ ।

खाना खाइसकेपछि बसिरहँदा उँङ लाग्छ । खाना खानेबित्तिकै सुत्ने बानीले मोटोपन बढ्छ। टहलिने गर्दा भने आयु बढ्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij