• Tuesday 8th of September 2026

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई


  • आशाका किरण

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड लेष्टर सिटीसंग २–१ ले पराजित भएपछि सिटीले उपाधि जितेको हो ।

सिटीले तीन खेल बाँकी छंदै उपाधि जितेको हो । यो जितसंगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

हो ।

दोस्रो स्थानको युनाईटेड भन्दा १० अंक माथि रहेको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ । युनाईटेडको ७० अंक रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij