नेपाल स्काउटको प्रदेश नम्बर १ तदर्थ समितिको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरुद्वारा परामर्श दिने गरी हेल्पलाइन सञ्चालनमा आएको छ ।प्रदेशभरका जनतामा स्वास्थ्यमा कुनै समस्या आएमा उक्त हेल्पलाइनमा फोन गरेर आफ्नो समस्या बारे परामर्श लिन सकिने स्काउटका एक नं. प्रदेश संयोजक रवि खनालले जानकारी दिनुभएको छ । उहाँका अनुसार कोरोनाको संक्रमण बढीरहेको बेला अस्पताल जान झनै जोखिम हुने भएकोले आफ्नो स्वास्थ्य समस्या फोनबाटै विशेषज्ञहरुसँग राखेपछि अस्पताल नै जानुपर्ने हो वा औषधी खानुपर्ने हो भनेर परामर्श लिन सकिने छ ।विभिन्न अस्पतालनमा कार्यरत विशेषज्ञ चिकित्सकहरु उक्त हटलाइन सेवामा जोडिनु भएको छ । हुन सक्ने डरका कारण अस्पताल जान एक नं. प्रदेशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले ‘डाक्टर अन कल’ नाम दिइएको हेल्पलाइन सेवामा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु तथा किड्नी रोग विशेषज्ञ प्रा.डा. सञ्जिवकुमार शर्मादेखि डाइटिसियन अदितश्री अधिकारी गरी २३ जना विशेषज्ञ चिकित्सहरुको परामर्श लिन पाइने छ ।लकडाउनका समयमा सर्वसाधारणहरु घरैमा बसेर स्वास्थ्य परामर्श सेवा लिन पाउन भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको स्काउट प्रदेश समितिका संयोजक रवि खनाले बताउनुभयो । स्काउटले सार्वजनिक गरेको पोष्टरमा सबै विशेषज्ञहरुको मोबाइल नम्बर समेत सार्वजनिक गरिएको छ ।संयोजक खनालका अनुसार कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुलाई मात्र नभै अन्य स्वास्थ्य समस्या भएकाहरुलाई पनि यो सेवा दिइनेछ । ‘घरमा बस्दा पनि आफ्नो स्वास्थ्य अवस्था बुझन पाउने गरि व्यवस्था मिलाएका हौं, यो सेवा आजदेखि शुरु भइसकेको छ,’खनालले भने,‘डाक्टरहरुको नाम, उहाँहरुको विभाग र नम्बर पनि सार्वजनिक गरिएको छ । ह्वाट्सपबाट सम्पर्क गरेर भिडियो कलमार्फत पनि आफ्नो समस्या भन्ने, उचित परामर्श गर्ने सुविधा हुन्छ ।’

