इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–१ गोलअन्तरले पराजित गरी चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।
लिगको अन्त्यतिर हासिल गरेको यो जितले चेल्सीलाई च्याम्पियन्स लिग छनोट सम्भावना बलियो पारेको छ । यो हारले लेस्टरलाई भने च्याम्पियन्स लिग छनोट हुन नसक्ने खतरा बढाएको छ ।
लिगको अन्तिम खेल बाँकी रहँदा चेल्सी ६७ अंकसहित तेस्रो स्थानमा छ । ६६ अंक रहेको लेस्टर चौथो स्थानमा झरेको छ । ६३ अंक रहेको लिभरपुलले एक खेल कम खेलेको छ ।
