• Saturday 25th of July 2026

हिन्दु धर्ममा किन गरिन्छ वनस्पतिको पूजा ?


  • आशाका किरण

घर वरिपरि वा आँगनमा रुखबिरुवा रोप्दा वातावरण स्वच्छ भई स्वस्थ एवं दीर्घायु हुन मद्दत पुग्छ भन्ने सबैलाई ज्ञान भएकै विषय हो । हिन्दु धर्मग्रन्थमा पनि बोटविरुवा नै मानव जीवनको मूल आधार भएको बताइएको छ ।

वैदिक ग्रन्थमा बोटबिरुवाले ढाकिएका स्थानको प्रशंसा गर्दै तिनले मानवको रक्षा गरुन् भन्ने प्रार्थना गरिएको पाइन्छ । वृक्षारोपणको महिमा भविष्यपुराण, स्कन्दपुराण, रामायण, महाभारत आदि ग्रन्थमा पाइन्छ । वैदिक धर्ममा वृक्षारोपणलाई लौकिक धर्मको रूपमा प्रसंशा गरिएको छ । विनाकाममा रुख बिरुवाका हाँगा पात आदि भाँच्ने, काट्ने, लुछ्ने आदि कार्यलाई सनातन धर्मले निषेध गरेको छ ।

यतिमात्र होइन कतिपय बोटबिरुवाहरूलाई त देवीदेवताको प्रतीकका रूपमै पूजा गरिन्छ । कतिपय बोटविरुवा धार्मिक कार्यमा नभई हुँदैनन् । कतिपय बोटबिरुवाहरू देवी देवता पितृलाई चढाउन प्रयोग हुन्छ । कति वनस्पतिका फल र फूल धार्मिक अनुष्ठानमा भोजनको रूपमा प्रयोग नगरी हुँदैन ।

यिनीहरूको अनिवार्यताले मानिसको स्वास्थ्य रक्षामा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । यहाँ तिनै केही धार्मिक वनस्पतिको चर्चा गर्न खोजिएको छ, जसको महत्त्व धार्मिक रूपले जति छ त्यति नै मानवस्वास्थ्यको दृष्टिले पनि ।

सनातन धर्मावलम्बीहरू सबैको पायक पर्ने स्थानमा पीपल रोपेर पूजा गर्ने परम्परा छ । पीपललाई वनस्पति जगतमै सर्वाेत्कृष्ट वनस्पति मानिन्छ । शास्त्रमा पीपललाई प्रत्यक्ष देवताकै अवतार मानिएको छ । विष्णुको स्वरूप मानिने पीपल ग्रहदोष निवारणको लागि पनि पूजिन्छ । हवनका लागि पनि पीपलको समिधा उपयुक्त मानिन्छ ।

धार्मिक महत्व मात्र नभई आयुर्वेदिक एवं वैज्ञानिक महत्वले भरिपूर्ण वनस्पति हो– पीपल । रक्तविकार, वमन, दाह, अरुचि, कफ, रुघाखोकीका साथै स्त्रीरोगको लागि पनि पीपलका विभिन्न भागबाट उपचार गर्न सकिन्छ । पीपललाई रूखहरूमध्ये सबैभन्दा बढी अक्सिजन प्रवाह गर्ने रूखको रूपमा विज्ञानले प्रमाणित गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij