युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा एटलान्टालाई २–१ ले पराजित गर्दै युभेन्ट्स च्याम्पियन बनेको हो ।
खेलको ३१औँ मिनेटमा देजान कुलुसेवस्कीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । एटलान्टाका लागि रुस्लान मालिनोवस्कीले ४१औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
७३औँ मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन् । युभेन्ट्सले कोपा इटालियाको उपाधि १४औँपटक उचालेको हो । उसले सन् १९६३ पछि पहिलोपटक यो उपाधि जित्यो ।
