• Saturday 25th of July 2026

आजबाट नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिको नि:शुल्क चिकित्सक परामर्श सेवा सुरु


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार। नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिले नि:शुल्क चिकित्सक परामर्श सेवा संचालनमा ल्याएको छ । अस्पताल र स्वास्थ संस्थाहरुको अवस्था नाजुक भएको र दिनहुँ संक्रमण बढेको र उचित परामर्श र सल्लाह नहुँदा जनताले दुख पाएकाले २४ सै घन्टा परामर्श सेवा सुचारु गरेको नेपाल स्काउट बागमती प्रदेशले जनाएको छ । २२ विविध विधाका डाक्टरले निशुल्क परामर्श प्रदान गर्ने नेपाल स्काउटका बागमती प्रदेश संयोजक केशरत्न बज्राचार्यले आशाका किरण मिडियालाई बताए । कोभिड बाहेकक अन्य सामान्य प्रकृतिका बिरामी अस्पताल जाँदा अनावश्यक भिडभाड बढेको र सोले संक्रमित हुन सक्ने खतरा बढेकोले आम जनताले घरबाटै चिकित्सकको परामर्श पाउन भनेर सो सेवा सुचारु गरिएको केशरत्न बज्राचार्यले बताए । सो अभियानमा डा शंकर लौडारी,डा खगेन्द्र काफ्ले,डा उज्ज्वल पौडेल,डा सबिन कोइराला,डा करुना बज्राचार्य,डा अनुपमा थापा,डा मदन श्रेष्ठ,डा रोशन कुमार झा,डा रबिन्द्रभक्त प्रधानाङग ,डा किशोर गौतम,डा दामोदर पौडेल,डा अनिस श्रेष्ठ,डा कल्पना बज्राचार्य,डा सन्जिव अधिकारी,डा सन्तुष्ट अधिकारी,डा रामप्रसाद सापकोटा,डा कबिन्द्र बज्राचार्य,डा अनन्त महर्जन,डा जिवनराज श्रेष्ठ ,डा राजिब काफ्ले,डा प्रणबमान कर्माचार्य र डा अनु शाक्यले परामर्श दिने नेपाल स्काउटका बागमती प्रदेश संयोजक केशरत्न बज्राचार्यले जानकारी दिनु भयो । परामर्श सेवा लकडाउन अवधीभर चल्ने नेपाल स्काउट बागमती प्रदेशले जनाएको छ। परामर्श सेवासंगै बागमती प्रदेश अन्तर्गत नेपाल स्काउटको विभिन्न स्थानिय समितीले खोप केन्द्रमा ५०० भन्दा बढी स्काउट परिचालन समेत गरेको बागमती प्रदेश स्काउट तदर्थ समितीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij