अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ ।
नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा नै कायम छ भने टी–ट्वान्टी वरीयतामा १३औँ स्थानमा रहेको छ ।
एकदिवसीयमा नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेका छन् ।
वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा भारत रहेका छन् ।
