सुदर्शन बजगाई,आशाका किरण समाचार। नेपाल स्काउटले जेठ १० गतेबाट काठमाडौं उपत्यकामा नन कोभिड एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक समारोहकाबिच एम्बुलेन्स सेवा सुचारु गरिएको हो ।
नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले सवारीको चाबी स्काउट स्वयंसेवक एवम् अभियानता अजित लामा र बिकेन्द्र महर्जनलाई पिपिई र ब्यक्तिगत स्वास्थ सामाग्री प्रदान गरेर शुभारम्भ गरेका थिए । कोरोना-१९ को दोश्रो भेरियन्टले समग्र स्वास्थ प्रणालीलाईनै अस्त ब्यस्त परेको बेलामा नन कोभिड बिरामीले एम्बुलेन्स त परै जावोस् ट्याक्सी समेत नपाएर सास्ती खेप्नु परेकोले त्यस्ता बिरामीलाई लक्षित गरेर नि:शुल्क एम्बुलेन्स सेवा सुचारु गरिएको नेपाल स्काउटका प्रमुख लोक बहादुर भण्डारीले बताए ।
नेपाल स्काउटले दोश्रो फेजमा जनचेतना मुलक अभियान,निशुल्क चिकित्सक परामर्श सेवा,शव ब्यवस्थापन तालिम र हेल्प डेस्क समेत संचालनमा ल्याएको छ ।
नेपाल स्काउट्ले आफ्ना स्वयंसेवकलाई आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर जनताको सेवामा लाग्न देशभरका स्काउटलाई संयोजक लोक बहादुर भण्डारीले अनुरोध समेत गर्नुभएको छ ।
कार्यक्रमको संयोजन प्रकाशराज पाण्डेले गरेका छन्।
एम्बुलेन्स सेवा दैनिक विहान १० बजेदेखी बेलुका ५ बजे सम्म काठमाडौ उपत्यकाभर लागु हुने छ। सेवा आवश्यक पर्नेले ९८४१५६९९९४ मा सम्पर्क गरेर सेवा प्राप्त गर्न सक्ने नेपाल स्काउटले जनाएको छ।
