• Tuesday 8th of September 2026

युरोपा लिगको उपाधि भिल्लारियललाई


  • आशाका किरण

स्पेनिस क्लब भिल्लारियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ।

बुधबार राति भएको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो ।

निर्धारित र थप गरिएको समयमा १–१ को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। भिल्लारियलका लागि २९ औँ मिनेटमा मोरेनो तथा म्यानचेस्टर युनाइटेडका लागि ५५ औँ मिनेटमा एडिन्सन काभानीले गोल गरेका थिए ।

दुवै तर्फबाट थप गोल हुन नसकेपछि भएको टाइब्रेकरमा भिल्लारियल ११–१० ले विजयी भयो । भिल्लारियलको इतिहासमा उसले पहिलोपटक प्रमुख उपाधि उचालेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij