प्रिमियर लिग क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा चेल्सीले अर्को प्रिमियर लिग क्लब च्यान्चेस्टर सिटीलाई १– ० गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।
पोर्चुगलमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हार्बटेजले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो ।
चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो ।
यता म्यान्चेस्टर सिटी भने पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्नबाट चुकेको छ ।
