• Tuesday 8th of September 2026

इराकसँग नेपालको हार


  • आशाका किरण

राष्ट्रिय फुटबल टोली इराकसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । शनिबार बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल इराकसँग ६–२ ले हारेको हो ।

इराकविरुद्ध पहिलो हाफमा ४–२ ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खायो ।

नेपालका मनीष डाँगीले एक गोल फर्काउँदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरेका थिए । मनीषले राष्ट्रिय टोलीबाट डेब्यु खेलमै गोल गरेका हुन् ।

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij