• Saturday 25th of July 2026

सरकारले प्रस्तुत गरेको बजेट यर्थाथपरक,अग्रगामी तथा गतिशिल छ : रमेश पौडेल


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार।नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले सरकारले ल्याएको बजेट यर्थाथपरक,अग्रगामी तथा गतिशिल रहेको बताएका छन्। आज एक प्रेस वक्तव्य निकाल्दै रमेश पौडेलले संगठनको धारणा सार्वजनिक गरेका हुन्। हेर्नुस प्रेस वक्तव्य जस्ताको त्यस्तै :

आ.व. २०७८÷७९ को बजेट वक्तव्यका सन्दर्भमा नेपाल खेलकुद महासंघको धारणा । पत्रकार मित्रहरु,

नेपालको बजेटको ईतिहासमै खेलकुद क्षेत्रमा पहिलो पटक यर्थाथपरक, अग्रगामी तथा गतिशिल नीति कार्यक्रम र बजेट वक्तव्य नेपाल सरकारले प्रस्तुत गरेको छ । समग्रमा खेल क्षेत्र र नेपालीको भावना समेट्ने बजेट प्रस्तुत भएको र बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले समग्र खेल जगतलाई पनि उत्साहित बनाएको छ । तसर्थ यस बजेट वक्तव्यलाई नेपाल खेलकुद महासंघ हार्दिक स्वागतगर्दै नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
नेपाल खेलकुद महासंघको माग बमोजिम नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणाले नेपाली खेलकुद तथा पर्यटन क्षेत्रलाई निकै उत्साहित बनाएको छ र यस क्षेत्रका लागि यो एक ऐतिहासिक घोषणा हो । त्यसैगरी, खेलकुद विश्वविद्यालय स्थापना गर्ने कुराले हाम्रो लामो समयदेखिको माग र मुद्दालाई सम्बोधन गर्ने प्रयत्न भएको छ ।
मूलतः
नेपाललाई खेल पर्यटनको विश्वव्यापीगन्तव्यको घोषणा र खेलकुदविश्वविद्यालयस्थापनागर्ने कुरा उत्साहको विषय बनेको छ ।
नेपालभरका १३ हजार विद्यालयमाविस्तार गरिने स्काउटबाट नै आधारभूततहसम्म खेलकुद पु¥याउन मद्दत पुग्ने देखिन्छ ।
मदन भण्डारी रंगशालादमकझापा, मोरङको वैजनाथपुर, काठमाडौंको मूलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको कोहलपुर र कञ्चनपुरको महेन्द«नगरमाभएकाक्रिकेट मैदानले नेपालमादिनानुदिनलोकप्रीयभईरहेको क्रिकेट खेललाई समूदाय स्तरमै पु¥याउनमद्यतपुग्नेछ ।
पूर्व खेलाडीहरुलाई व्यवसायकर्जा सहुलियत दरमादिने कुराले सक्रिय खेलजीवन पछाडीको जीवनको सामाजिक सुरक्षाको ग्यारेन्टी गरेको छ । जसले खेलाडीको मनोविज्ञानमा समेत थपउत्साहप्रदान गरेको छ ।
धनगढी, सुर्खेत, नेपालगंज, विरगंज, जनकपुरधाम र ईटहरीमाप्रादेशीक रंगशालानिर्माणले संघियताको कार्यान्वयन सँगै नियमितप्रतियोगिता समेतहुने वातावरण तयार सिर्जना हुनेछ । १ सय ६८ स्थानीयतहमा खेलग्रामनिर्माणगर्ने कुराले समानुपातिकविकासको नमुना र स्थानीययूवाहरुलाई खेलप्रतिआकर्षित गर्दै खेलाडीहरुको प्रतिभाप्रस्फुटनका लागि सुनौलो अवसरसिर्जना हुनुका साथै खेल अधिकारको समेत सुनिश्चितताभएको छ ।
हाई अल्टिच्युड स्पोर्टस ट्रेनिङसेन्टरनिर्माणमा सरकारको अग्रसरताले खेलपर्यटनको प्रवद्र्धन गर्नुका साथै उत्कृष्ट खेलाडी उत्पादनमा कोशेढुंगा सावितहुनेछ ।
नवौं राष्ट्रिय खेलकुदआयोजनाको ग्यारेण्टी सहितको बजेट विनियोजन र अन्र्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागीतालाई वृद्धि गर्दै जाने नितिले नेपाली खेलकुदले सहि ट्रयाक समात्ने वातावरण निर्माण हुने देखिन्छ ।
प्रस्तुत बजेटले दिगो विकास र समृद्धिको आधार खेलक्षेत्र पनिहो भन्ने मान्यतालाई समेत आत्मसात गरेको छ ।

काठमाडौं उपत्यका वरपर रपोखराको फेवाताल वरिपरी साईक्लिङ ट्रेल निर्माण गर्ने तथा रारा र खप्तड क्षेत्र केन्द्रीत  बजेट विनियोजनले, शाहसीक,पर्यटकीय तथा वातावरण मैत्री खेलकुद विकासकालागि विशेष सहयोगी बन्ने देखिन्छ ।
ईलामको माई पोखरी, सुनसरीको वर्जु ताल, कपिलवस्तुको जगदीशपुर ताल, पाल्पाको सत्यवती ताल, रुकुमको स्र्याफु तालतथा कैलालीको वेहडो बाबा ताल केन्द्रित बजेट विनियोजनले नेपालमा शाहसिक पर्यटन को विकास सँगै शाहसिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने देखिन्छ ।
माउन्टेनियरिङ, वञ्जीजम्पिङ, रकक्लाईबिङ्ग, र्र्याफ़्टिङ्ग , प्यारा ग्लाईडिङ, कायाकिङ लगायतका क्षेत्रको प्रवद्र्धनगर्ने कुराले दिगो खेल र पर्यटनको पक्षपोषण गरेको छ ।
शाहसीक पर्यटनका लागि राष्ट्रिय÷अन्र्तराष्ट्रिय लगानीकर्ता आकर्षण गर्ने नितिले लगानी र उद्दमशिलतामा वृद्धिभई आर्थिक सामाजिक रुपान्तरणमा समेत टेवापुग्ने देखिन्छ ।
अल्पाईनेजम र माउण्टेन क्षेत्रमा खेल पर्यटनको लागि बजेट विनियोजनले नेपाललाई विश्व समुदायमा शाहसिक र पर्यटकीय खेलको हव(गन्तव्य)बनाउने कुरा खेलकुद महासंघको लक्ष्य केन्द्रित छ ।
मेड ईन नेपाल र मेक इन नेपालले औद्यौगिक क्षेत्र सहित खेलकुद, वन, वातावरण, पर्यटन लगायतका क्षेत्रमा समेत स्वदेशी ब्रान्डको /प्रवर्धन गर्ने कुरामा कोशेढुंगा सावित हुने देखिन्छ ।
शिक्षीत युवालाई प्रमाणपत्रको आधारमा ऋण दिने कार्यक्रमले लाखौं नेपाली युवालाई उद्यमशीलता र आत्मनिर्भरताकालागि प्रोत्साहन मिलेको छ ।
माध्यमिक तहका विद्यार्थीहरुलाई स्काउट, खेलकुद, जुनियर रेडक्रस र संगीत लगायतमा सक्रृय बनाउने कार्यक्रमले युवा तथा विद्यार्थीहरुलाई सहीमार्गमा हिंड्न प्रेरित गर्नेछ ।
आगामी वर्ष १२ हजार युवालाई स्वरोजगार बनाउने कार्यक्रम नेपाली युवाको उद्यमशिलता र व्यवसायीकरणका लागिआधार स्तम्भ बन्न सक्ने देखिन्छ ।
नेपाली नियोगलाई नेपालमा लगानी वृद्धि तथापर्यटनको लागी समेत परिचालन गर्ने नितिले विश्वव्यापी रुपमा नेपाली खेलकुद तथा पर्यटन क्षेत्रको प्रर्वद्धन हुनुका साथै राष्ट्रको दिगो विकास लक्ष्यमा समेत टेवा पुग्नेछ ।
विद्यार्थीका लागि ल्यापटप खरिद गर्न ऋण प्रदान गर्ने कुराले स्वभाविक रुपमा लक्षित समुदायलाई उत्साहित बनाउने हुँदा उनीहरुको सिर्जनात्मक क्षमतामा समेत अभिवृद्धि गर्दै थप उत्पादनशील बनाउन मद्यतपुग्ने देखिन्छ ।
कोभिड–१९ विरुद्धको खोपकालागि बजेट व्यवस्थापन गरिनुका साथै विभिन्न स्वास्थ्य संस्थाको स्थापना तथा स्तरोन्नतीगर्ने कुराले समेत जनस्वास्थ्यप्रति सरकार संवेदनशील छ भन्ने कुरा प्रमाणित गरेको छ ।
राष्ट्रसेवक कर्मचारी, स्वास्थ्य स्वयंसेविका, बालशिक्षा सहयोगीहरु, सामुदायिक विद्यालयमा कामगर्ने सहयोगी कर्मचारीहरु लगायतको तलब बृद्धि, प्रोत्साहनभत्ता, पर्यटन बिदा, सामुहिक वीमा लगायतका थप सेवा सुविधा र अवसरको ग्यारेन्टी गरिनुले पनि सार्वजनीक सेवा प्रवाहमा सकारात्मक नतिजा आउने देखिन्छ ।
बृद्ध भत्ता लगायतका सामाजीक सुरक्षा भत्ताको समायानुकुल बृद्धिले समेत यो बजेटलाई थप प्रगतिशिल र जनमुखी बनाएको छ ।
समग्रमा राष्ट्रको तिव्रतर विकास र दिगो विकासमा यो बजेटले जोड दिएको छ ।

यसरी हेर्दा नेपालको बजेटको ईतिहासमै वैज्ञानिक तथागर्व गर्न लायक बजेट प्रस्तुतभएको छ ।

तथापी यस नेपाल खेलकुद महासंघले मागपत्र पेश गर्दैगर्दा उठाएका माग र मुद्दाहरुलाई यस बजेटले शतप्रतिशत नसमेटेको भएतापनि नितिगत रुपमा धेरै हदसम्म सम्बोधन गरिएको देखिन्छ । तसर्थ यो बजेट कार्यान्वयनकालागि हाम्रो अग्रसरता र पहलकदमी निरन्तर रहनेछ ।

तथापी नीति र कार्यक्रम अनुसार खेलकुद क्षेत्रकालागि विनियोजित बजेट रकम भने अपर्याप्त हुने देखिएकोले आवश्यकता अनुसार वृद्धि गर्न समेत नेपाल खेलकुद महासंघ नेपाल सरकारसँग जोडदार अनुरोध गर्दछ ।अन्त्यमा,जनमुखी बजेट वक्तव्य प्रस्तुत गर्नु भएकोमा माननीय अर्थमन्त्री, सम्माननीय प्रधानमन्त्री लगायत नेपाल सरकार प्रति नेपाल खेलकुद महासंघ हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
हार्दिक अभिवादन सहित

रमेश पौडेल
अध्यक्ष

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij