• Wednesday 9th of September 2026

वा नेपाल स्काउट :कोभिड संक्रमित भएकाहरुको घरघरमा पुगेर डिस्इनफेक्ट गर्दै हेटौंडाका स्काउटहरु


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार।नेपाल स्काउट बागमती प्रदेशको प्राविधिक सहयोग र हेटौंडा उपमहानगरपालिका कमिटिको आयोजनामा कोभिड संक्रमित भएकाहरुको घरघरमा पुगेर डिस्इनफेक्ट गर्ने कार्यक्रमको शुरुवात स्काउटले गरेको छ । औपचारिक कार्यक्रम हटौडा उपमहानगरपालिकाको संयोजक दिपेन्द्र रोक्काको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजेश बानियाको प्रमुख आतिथ्यतामा अभियानको संयोजकलाई सामग्री हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । आ-आफ्नै  साथीभाईहरुबाट सहयोग लिई संकलित भएको रकमबाट नेपाल स्काउटले  निशुल्क रुपमा अभियान संचालन गरेको छ । बागमती प्रदेश सदस्य अशोक सारु मगरको नेतृत्वमा ६ जनाको टोलीले कोभिड संक्रमित घरमा डिस्इन्फेक्ट गर्न अति आवाश्यक घरघरमा गई हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा स्थानीय वडा कार्यालय संग समन्वय गरी काम गर्ने सभाध्यक्ष दिपेन्द्र रोक्काले बताए । संक्रमितहरुको धेरै घरबाट फोन आए पनि सिमित सामग्रीको कारण थोरै घरमा मात्र डिस्इन्फेक्ट गरेकोे सहयोगी मनहरुलाई अभियानको लागि सहयोगको पहल गर्नु पर्ने अभियानको संयोजक अशोक सारु मगरले बताए । कार्यक्रममा वडा नं ५ का वडा सदस्य केशव श्रेष्ठ , नेपाल स्काउट बागमती प्रदेश सदस्य महेन्द्र राना मगर, बागमती प्रदेश कार्यालय प्रमुख शोभा लामिछाने हेटौंडा ओपन क्रयूका अध्यक्ष बुद्दिनाथ न्यौपाने लगाएतको सहभागीता रहेको थियो । नेपाल स्काउटले देशभर चिकित्सक परामर्श सेवा, शव व्यवस्थापन, हेल्प डेस्क र जनचेतना अभिवृद्धी कार्यक्रम संचालन गरिरहेको नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले आशाका किरण मिडियालाई बताए।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij