• Friday 24th of July 2026

आज नेपाल र ताइपेइ भिड्दै


  • आशाका किरण

श्वकप र एसिया कप फुटबलको छनोट चरणको खेलमा आज नेपालले चाईनिज ताईपेसँग खेल्दैछ ।

यो खेल नेपाली समय अनजुसार आज वेलुकी पौने १० बजे कुवेतको राजधानी कुवेत सिटीमा हुनेछ ।

चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा नेपाल बलियो देखिएको छ । दुई देशचि अहिलेसम्म भएका दुई भिडन्तमध्ये एक खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

जारी विश्वकप छनौटको पहिलो लेगको खेलमा नेपालले चाईनिज ताइपेइलाई उसैको मैदानमा २–० ले हराएको थियो ।

नेपाल आज सोही लय दोहो¥याउने अभियानमा रहेको छ । नेपालले अर्को वर्ष हुने विश्वकप फुटबल छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ ।

तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै सन् २०२३ मा हुने एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

चाइनिज ताइपेइपछि नेपालले अष्ट्रेलिया र जोर्डनसँग दुई खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij