• Tuesday 8th of September 2026

युरो कपमा इटालीको विजयी सुरूवात


  • आशाका किरण

युरो २०२० मा इटालीले विजयी सुरूवात गरेको छ।

शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्‍यो।

इटालीले आत्मघाती गोलको सहाराबाट खेलमा अग्रता लियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटमा टर्कीका डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए।

६६ मिनेटमा इमोबिलले इटालीको अग्रता दोब्बर पारे।  ७९ मिनेटमा इनसाइनले अर्को गोल गरेपछि इटाली ३-० गोलले अघि बढेको  थियो। जितसँगै इटालीले समूह ‘ए’ मा तीन अंक जोडेको छ।

युरो २०२० मा आज तीन खेल हुँदैछन्। समूह ‘ए’ को खेलमा राति पौते सात बजे वेल्स र स्विट्जरल्यान्ड, समूह ‘बी’ को खेलमा डेनमार्क र फिनल्यान्डबीच पौने दश बजे खेल हुनेछ।

यस्तै राति १२:४५ बजे समूह ‘बी’ को खेलमा बेल्जियम र रसियाबीच प्रतस्पर्धा हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij