• Friday 24th of July 2026

लुकाकुको दुई गोलमा बेल्जियमको शानदार जित


  • आशाका किरण

युरोकप २०२० मा बेल्जियमले रुसलाई हराएको छ । शनिबार राती भएको खेलमा बेल्जियमले रुसलाई ३–० गोलले हराएको हो । बेल्जियमलाई जिताउन रोमेलु लुकाकुले दुई तथा थोमस मेउनियरले एक गोल गरे ।

खेल सुरु भएको १० औँ मिनेटमै पहिलो गोल गरेका लुकाकुले खेल सकिन दुई मिनेट बाँकी हुँदा दोस्रो गोल गरे । ३४ औँ मिनेटमा मेउनियरले गोल गर्दा टिमको फराकिलो जित सम्भव भएको हो ।

 

 

जितसँगै बेल्जियम ३ अंकसहित समूह बी को शीर्ष स्थानमा छ । गए राती कै अर्को खेलमा डेनमार्कलाई हराएको फिनल्यान्ड समान अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij