नेपाल स्काउट गोकर्णेश्वर नगर समितिले संचालन गरेको कोभिड हेल्प डेस्ककोलागी महिला उद्धमी मंजु लामाले २२ ग्यालिन ११० लिटर स्यानिटाईजर र १ हजार थान सर्जिकल मास्क सहयोग गर्नु भएको छ । आजबाट गोकर्णेश्वर नगरपालिकाको विभिन्न ६ ठाउँमा संचालन भएको कोरोना हेल्प डेस्कको लागी उहाँले सो सहयोग उपलब्ध गराउनु भएको हो। स्काउटले समाजमा दिएको योगदान देखेर आफुले नेपाल स्काउट गोकर्णेश्वर नगर समितीलाई सहयोग गरेको उनले बताइन् । स्काउटले महामारीमा भोक प्यास नभनी गरेको सेवालाई सलाम गर्ने उनले यस्तो महा-अभियानमा सहयोग गर्न पाउँदा खुसी ब्यक्त गरिन् । काठमाडौं महानगरपालिका वडा नम्बर ६ निवासी महिला उद्धमी एवम् विश्व एन्ड श्रेया केमिकल प्रा लिका प्रोप्राइटर मन्जु लामाले नेपाल स्काउट गोकर्णेश्वर नगर समितीका संयोजक सुदर्शन बजगाईलाई कम्पनीको महांकालमा रहेको सोरुमबाट सामाग्री हस्तान्तरण गर्नु भएको थियो। आगामी दिनमा समेत नेपाल स्काउटको अभियानमा साथ रहने उनले बताईन्।

