सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउट कागेश्वरी नगर समिती र नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा नगर उपशाखा को आयोजना र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ का कारण उपत्यकामा रगतको अभाव भएकोले सो न्यूनीकरण गर्न र युवाहरुलाई रक्तदान गर्न प्रोत्साहित गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल स्काउट कागेस्वरी मनोहरा नगर समितीका संयोजक प्रभु भण्डारीले आशाका किरण मिडियालाई बताए ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको सामुदायिक कभर्ड हलमा गरिएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेको संयोजक प्रभु भण्डारीले बताए । कार्यक्रममा झरीको कारण रक्तदाताको संख्या कम भएको कार्यक्रम संयोजक दिपेश केसीले बताए । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जिवन थापा र नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा नगरपालिका उपशाखाका सभापति बासुदेब पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कागेश्वरी ओपन स्काउट क्र्युका रोभर रेन्जरले स्वमंसेवा प्रदान गरेका थिए ।
