सुदर्शन बजगाई,आशाका किरण समाचार ।संसार कोरोना महामारीबाट जुधीरहेको छ । नेपालपनि त्यसबाट अछुतो छैन ।
संसार कोरोनालाई कसरी जित्ने योजना बनाउँदै गर्दा धेरै मानिसले रोजगारी गुमाएका छन् र करोडौं मानिसहरु बेरोजगार बनेका छन् ।
लामो लकडाउनले नेपालीहरुको आर्थिक अवस्थापनी जर्जर बनेको छ । आर्थिक संकटले गर्दा मानिसलाई चुलो बाल्न समेत समस्या पर्न थालेको छ ।
काम गर्न नपाएपछि विहान कमाएर बेलुका छाक टार्नेको त झन् बेहालनै भएको छ । भोकै बस्नुपर्ने दर्दनाक अवस्था छ ।
नेताहरु सत्ता लिप्सामा रहँदा उनीहरुको बारेमा सोच्ने कोही छैन ।
यस्ता ब्यक्तीहरुलाईपनि बाँच्ने अधिकार छ र समजामा कृयाशिल समाजिक अभियानता निलिमा गुरुङले अब केही गर्नुपर्छ भन्ने ठानिन् ।






आफ्नो छोराको पढाई खर्च कटाएर दुई लाख बराबरको खाद्यान्न र मास्क स्यानिटाईजर किनिन् ।
लक डाउनका कारण छाक टार्न मुस्किल भएका अति आवश्यक पर्ने ब्यक्तीहरुलाई पहिचान गरि निलिमा गुरुङको नेतृत्व र पुस्प श्रेष्ठको संयोजनमा राहत सामाग्री हस्तान्तरण गरिएको थियो ।
२०७८ असार १५ गते सुनकोसी गाउँपालिका वडा न. ५ स्थित रामटारमा एक कार्यक्रमका गरी कोभीड – १९ का कारण समस्यामा परेका परेवा डाँडाका एकल तथा जेष्ठ र बृद्धअबश्था भएका १५ परिवारका सदस्यहरुलाई २ लाख बराबरको खाद्यान्न दाल, चामल,चाउचाउ,अन्डा,नुन र तेल वितरण गरिएको थियो ।
निलमकै नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी पुरानो झागाझोली उपशाखालाई २१०० पिस मास्क २ ग्यालिन सेनिटाइजर बन्दिपुर स्वास्थ्य चौकी र सामुदायिक लिटेभन्ज्याङग स्वास्थ केन्द्रमा दिनेगरी सामाग्री प्रदान गरिएको थियो ।
निलिमा गुरुङकै नेतृत्वमा खुर्कोट स्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई समेत हजार हजार थान मास्क र १-१ ग्यालिन सेनिटाइजर उपलबध गराइएको थियो ।
सरद प्याकुरेलले कार्यक्रमको ब्यवस्थापन गरेका थिए। निलिमा गुरुङले उनका छोरा आरोग्य देब गुरुङको पढाई खर्च कटाई मानव सेवामा समर्पित गराएको बताइन् ।
साच्चिकै भोको मानिसहरूको पेट भर्न केही भुमिका खेल्न सकियकोमा सन्तुष्टिको अनुभुति गरिरहेका निलम गुरुङले आशाका किरण मिडियालाई बताए ।
आगामी दिनमा कसैको पेट भोको नहोस् , सबैले सुखसाथ बाँच्न सकुन् भनी अभियान चलाईएको अभियानताको तर्क छ ।
सिन्धुलीको कोभिड अस्पताल,जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई समेत गुरुङले ठूलो संख्यामा राहत वितरण गरेकी थिईन् ।
यस अघिपनि निलिमा गुरुङले भुकम्प पिडितलाई राहत वितरण गरेकी थिइन् र राउटेबस्तीमा समेत सहयोग गरेकी थिईन् ।
निलिमा गुरुङले सामुदायिक विद्यालयमा ब्याग समेत निशुल्क वितरण गरेकी थिईन् ।
