सुदर्शन बजगाई,आशाका किरण समाचार। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ मा आज पहिरो गएको छ । निरन्तर परेको वर्षाका कारण पहिरो गएको हो । ग्राम निर्माण बन्धु मण्डलसंगै पहिरो गएपछि स्थानीय चिन्तित छन् । तत्काल तृपालले छोपेर पानीको रोकथाम गरिएतापनी ठूलो वर्षा हुँदा बाटो भासिने खतरा बढेको छ । बाटोमाथी घरहुनेलाई पहिरोले चिन्तित बनाएको छ । पहिरो गएपछि बाटो साँघुरिएकाले आवत जावतमा समेत समस्या आउने देखिन्छ । तस्वीर :आयुस खड्गी



