• Wednesday 9th of September 2026

‘एक घर एक स्काउट’ बनाउने प्रतिवद्धता सहित सकियो तारकेश्वर नगर स्काउटको दीक्षान्त समारोह


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार। नेपाल स्काउट तारकेश्वर नगर समितिले नगर प्रमुख,उप-प्रमुख तथा समितिका सदश्यहरुको दीक्षान्त समारोह सम्पन्न गरेको छ।  हरेक स्कुल र कलेजमा स्काउट स्थापना गर्ने  र एक घर एक स्काउट अवधारणा लिएर संगठन विस्तार गर्ने उद्घोष गर्दै पद तथा गोपनियताको सपथ सम्पन्न भएको हो । तारकेश्वर नगर समितिका सदश्य सानुकाजी थापाको संचालनमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीको रहेको थियो भने ,बागमती  प्रदेशका प्रदेश सभा सदश्य दिपक निरौला,नेपाल स्काउटका बागमती प्रदेश सदश्य शिवराम अर्याल लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा र नगर उप-प्रमुख भवानी डोटेलले संरक्षक र प्रमुख स्काउटको पद तथा गोपनियताको प्रतिज्ञा लिएका थिए।उपस्थित सबैलाई धन्यवाद दिंदै तारकेश्वर नगर समितिका संयोजक दामोदर बस्नेतले यस वर्ष ५ हजार स्काउट विस्तार गर्ने प्रतिवद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij