• Saturday 25th of July 2026

प्रवासी नेपाली मञ्च अन्तरास्ट्रिय कमिटीले नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो १ दिनमा २०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार। प्रवासी नेपाली मञ्चको तर्फबाट नेपाल सरकारलाई सहयोग स्वरुप अक्सिजन प्लान्टको औपचारिक हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । प्रवासमा रहेका नेपालीले आफ्नो छाक काटेर कोभिड १९ बाट आक्रन्त नेपालीहरुलाई सहज होस भनेर अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

डा बिमला भण्डारीले संचालन गरेको कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मञ्चका अन्तरास्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले गरेका थिए । कार्यक्रममा प्रवासी नेपाली मञ्चका नेता भेषराज ढकाल र भीम गुरुङ सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथी  पुर्व गृहमन्त्री तथा प्रतिनिधिसभाका सदस्य खगराज अधिकारी रहनु भएको थियो भने गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य पृथ्वी सुव्वा गुरुङ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा डुकबहादुर क्षेत्री, पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलका डाईरेक्टर डा भरतबहादुर खत्री,गण्डकी स्वास्थ विज्ञान प्रतिष्ठानका डिन कृष्ण श्रेष्ठ र जिल्ला समन्वय समितिका सभापति बैन बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

संसारको ४० वटा देशहरूमा संस्थागत रुपमा स्थापित नेकपा (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्चहरूको नेतृत्वदायी संगठन प्रवासी नेपाली मञ्च,अन्तरराष्ट्रीय कमिटीद्वारा संयोजन गरी ५० मिलिक्यूबिक घनमिटर प्रतिघण्टा क्षमताको र सामान्यतय एक दिनमा २०० सिलिण्डर अक्सिजन भर्न सक्ने अक्सिजन प्लाण्ट २०७८ साउन ९ गते गण्डकी अस्पतालको प्राङ्गणमा एक समारोहका साथ गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

प्रवासमा रहेका नेपालीले नेपालकोलागी केही गरौँ भनेर अक्सिजन प्लान्ट सहयोग गरेको र यस्ता खाले सहयोग आगामी दिनमा समेत गर्ने योजना रहेको प्रवासी नेपाली मञ्च रसियाकी अध्यक्ष डा बिमला भण्डारीले आशाका किरण मिडियालाई बताइन् ।

सहभागी अतिथी एवम् प्रमुख अतिथीहरुले प्रवासी नेपाली मञ्चको कामको प्रशंशा गरेका थिए। कोभिड १९ लाई मध्यनजर गरेर कोहीपनी अक्सिजन अभावमा छट्पटीनु नपरोस् भनेर सहयोग गरेको र सो सहयोग गर्न पाउँदा प्रवासमा रहेका नेपाली समेत खुसी रहेको भक्त गुरुङले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij