• Saturday 25th of July 2026

अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर नेपाल स्काउटले निकाल्यो सम्पदा साईकल र्‍याली


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटले आज उपत्यकाको विभिन्न ६ ठाउँबाट अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर साईकल र्‍याली निकालेको छ । विभिन्न सम्पदाहरुलाई एक अर्कासंग जोड्ने र शान्तिको सन्देश दिने हेतुकासाथ काठमाडौंको बौद्ध,पशुपति,बुढानिलकण्ठ,स्व्यम्भु,भक्तपुर दरबार क्षेत्र र ललितपुरबाट स्काउटहरुले शान्तिको सन्देश दिने टि -सर्ट लगाएर शान्ति र्‍याली निकालेका थिए ।

बिहान ८ बजे उपत्यकाको विभिन्न स्थानबाट निस्केको र्‍याली बसन्तपुर दरबार क्षेत्रमा पुगेर सभामा परिणत भएको थियो ।

उपत्यकाका २१ पालिकाबाट भेला भएर आएका स्काउटहरुलाई नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै संयोजक भण्डारीले स्काउट अब सही ट्र्याकमा आएतापनी पहिलेका यथास्थितिवादी चिन्तन राख्नेको कारण स्काउट तल्लो तहसम्म पुग्न नसकेको धारणा राखेका थिए ।

पहिला नातावात र कृपावादमा चलेको संस्था अहिले बल्ल युवाको हातमा पुगेको र अब नेपाल स्काउटलाई युवाहरुबाट कसैले अलग गराउन नसक्ने बताउनु भएको थियो । देउवा सरकारले आफुलाई हटाउन लगेको भएतापनी अब देशभर नेपाल स्काउटमा युवा नेतृत्व स्थापित गर्न आफुले कुनै कसर बाँकी नराख्ने सहभागिलाई बताएका थिए । मन्तव्यकै क्रममा संयोजक भण्डारीले नेपाल स्काउटलाई पुर्व प्रधानमन्त्री केपी ओलीले जस्तो प्रोत्साहन र माया अहिलेसम्म कसैले नगरेको बताएका थिए ।

कार्यक्रममा ५०० भन्दा बढीले सहभागिता जनाएको नेपाल स्काउटले जनाएको छ । हेर्नुस् फोटो र भिडियो :

फोटो/भिडियो : रवि कुमार बरुवाल-आशाका किरण मिडिया

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij