• Saturday 25th of July 2026

एक वर्षभित्र एक लाख धारा जडान गरिने


  • आशाका किरण

गण्डकी प्रदेश ऊर्जा, खानेपानी तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले एक वर्षभित्र एक लाख खानेपानीको धारा जडान गरिने बताउनुभएको छ ।

गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुविधा दिन आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको भन्दै उहाँले गण्डकीका ११ जिल्लामा एक वर्षभित्रमा एक लाख धारा जडान गरिसक्ने योजना रहेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले बागलुङमा सुरु गरेको लामाचौर, रमेटार लिफ्टिङ खानेपानी आयोजनाको अनुगमन गर्दै मन्त्री आचार्यले एकै पटक स्रोत साधन नपुग्ने हुँदा प्राथमिकताका आधारमा क्रमागत योजनाहरु पूरा गरिने बताउनुभयो । “पहिले आधारभूत तहको खानेपानी पु-याउने हाम्रो लक्ष्य हो, त्यसपछि स्वच्छ खानेपानी पु¥याउँछौँ”, उहाँले भन्नुभयो, “मन्त्रीसँग जनता, समस्या समाधानका लागि मन्त्रालय अभियानमा लागेका छौँ ।”

उहाँले मन्त्रालय कम र सर्वसाधारणका समस्या समाधानमा बढी समय खर्चिने आफ्नो मन्त्रालयको अभियान रहेको जानकारी गराउनुभयो । “अहिले पनि हामी कुवाको धमिलो पानी खाइरहेका छौँ, यो दुर्भाग्य हो,” उहाँले भन्नुभयो, “कोभिड लगायतका कारण सरकारी ढिकुटी कम भयो, स्रोत जुटाएर हामी घरघरमा पानी पु¥याउने अभियान सफल पार्छौं ।” उहाँले लिफ्टिङ खानेपानी र सिँचाइका योजनाका लागि विद्युत् निःशुल्क बनाउन सरकारी स्तरबाट पहल भइरहेको बताउनुभयो । “पानी र सिँचाइका लागि आवश्यक विद्युत्को बिल स्थानीय तहले तिरेका छन्, आखिर जुन तहले तिरे पनि सरकारी खर्च नै हो,” उहाँले भन्नुभयो, “सहकार्य गरेर विद्युत् निःशुल्क गर्दा सबैलाई फाइदा हुन्छ ।”

मन्त्री आचार्यले सङ्घीयताको मर्म पनि जनतासँग प्रत्यक्ष गएर सरकारको अनूभूति दिलाउने भएकाले आफूहरुले घुम्ने कुर्चीमा नभई जनताको आँगनमा पुगेर अवस्था हेरी प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँले थालिएका योजनाहरु पूरा गराउन र नयाँ योजनाहरुको आवश्यकता हेरी सुरुआत गरिने समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij