• Tuesday 8th of September 2026

जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु


  • आशाका किरण

लमजुङ बेँसीशहर नगरपालिका–८ मा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

विजय दशमी तथा दिपावलीको अवसरमा फिटनेस कम्प्लेक्सद्वारा आजदेखि आयोजित तीन दिने सो प्रतियोगिताको उद्घाटन गर्दै बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले यस्ता प्रतियोगिताले युवाको प्रतिभाव पहिचान हुने बताउनुभयो । उहाँले जिल्लामा विभिन्न खेलकूद प्रतियोगिता हुने भए पनि प्रविधियुक्त खेलकूद मैदानको अभाव रहेकाले नगरपालिकाले अब पूर्वाधार विकासमा जोड दिइने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारीले यस्तो प्रतियोगिताले युवालाई स्वास्थ्य रहन मद्दत पुग्ने उल्लेख गर्दै युवा सक्षम र दक्ष भएमा यसले समाज र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
बेँसीशहर नगरपालिका–८ वडाध्यक्ष पवित्रा थापामगर, राष्ट्रिय खेलकूद विकास समितिका अध्यक्ष कालु गुरुङ, राष्ट्रिय युवा परिषद्का अध्यक्ष जुन तामाङ, जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष तथा बेँसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानलगायतले खेलकूद देश विकासको मेरुदण्ड रहेको बताउनुभयो ।

कम्प्लेक्सका सञ्चालक आनन्द श्रेष्ठका अनुसार यस प्रतियोगितामा २३ समूहको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई रु २० हजार, दोस्रोलाई रु १५ हजार र सेमिफाइनलष्टिलाई रु पाँच हजारसहित मेडल र प्रमाणपत्र प्रदान गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij