• Wednesday 9th of September 2026

बन्दबाट जनजीवनमा सामान्य प्रभाव


  • आशाका किरण
#_ ;fO{sndf uGtJodf hfb} ofq' s~rgk'/, #) sflQs M k]6«f]lnod kbfy{sf] d"No a[l4 lkmtf{sf] dfu ub}{ g]qlaqmd rGb-ljKnj_ g]t[Tjsf] g]kfn sDo'lgi6 kf6L{n] d+unjf/ cfAxg u/]sf] aGbsf sf/0f ofq'afxs ;jf/L ;wfg ;~rfng gePkl5 emnf/L ahf/df ;fO{sn r9]/ uGtJodf hfb} u/]sf :yflgo . t:jL/ M /fh]Gb|k|;fb kg]?, /f;;

नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ ।

यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्द कर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । भाडाका ठूला सवारी साधन कम सङ्ख्यामा चले पनि निजी र सरकारी सवारीसाधान सञ्चालनमा कुनै प्रभाव देखिएन ।

उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्य बृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ । यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बन्द कार्यमा संलग्न काठमाडौँ छ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । अहिले यातायातका सवारी साधन समान्यरूपमा सुचारु भइरहेको र जनजीवन सामान्य रहेको प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij