सुदर्शन बजगाई,आशाका किरण समाचार । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको पूर्णिमा महिला विकास समुहले आयोजना गरेको फोहोरमैला व्यवस्थापन तथा कम्पोस्ट बिन वितरण कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ ।
नयाँबस्तीमा रहेको लिम्पिया स्कुलमा भएको कार्यक्रममा लक्ष्मी उदासले सभापतित्व ग्रहण गर्नु भएको थियो भने कार्यक्रम संचालन सीता दाहालले गर्नु भएको थियो । कार्यक्रम फोहोरबाट मोहोर बनाउन र जनचेतना जगाउन सफल भएको कार्यक्रम संयोजक शान्ती बास्तोलाले आशाका किरण मिडियालाई बताईन् ।
कार्यक्रममा ८० सहभागी रहेका थिए भने ४५ घरमुलीलाई कौसीमा कम्पोस्ट मल बनाउन प्रेरित गर्न कम्पोस्ट बिन बितरण गरिएको थियो । गोनपा ५ का वडा सदस्य लीलामणि खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य दुर्गा फुयाल,कृष्ण कुमारी विक, महिला नेतृ तारा पुडासैनी ,तरना महिला विकास समुहकी अध्यक्ष बसन्ती लामा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागिलाई प्लाष्टिकको झोला प्रयोगमा न्यूनीकरणमा ल्याउन बातावरणमैत्री कपडाको झोला समेत वितरण गरिएको थियो ।कार्यक्रममा विभिन्न टोल सुधार समिती र विभिन्न महिला संघ संस्थाबाट संस्थागत प्रतिनिधित्व रहेको थियो ।
प्रशिक्षक केशव सिंखडाले फोहोरमैला ब्यवस्थापन सम्बन्धि पछिल्लो अभ्यास र विभिन्न ठाउँको अनुभव साट्दै सहभागिलाई घरबाट निस्कने फोहोरलाई घरमानै व्यवस्थापन गर्न प्रेरित गरेका थिए ।
फोहोरमैला व्यवस्थापन तालिममा सहभागी मध्यकी एक शान्ता थापा मगरले कार्यक्रम एकदमै प्रभावकारी भएको र यस खालका तालिमलाई नगरपालिकाले हरेक टोलमा लगेर जनताको चेतना स्तर वृद्धि गर्नुपर्ने आशाका किरण मिडियालाई बताईन् ।

कार्यक्रमलाई आर्थिक सहयोग गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ ले गरेको थियो। ५ नबर वडाका जनतामा फोहोरमैला व्यवस्थापन सम्बन्धी चेतना अभिवृद्धि गर्न कार्यक्रम सफल भएको संस्थाकी अध्यक्ष लक्ष्मी उदासले बताईन। कार्यक्रममा तारा पुडासैनी,कृष्णकुमारी बिक,दुर्गा फुयाल बसन्ती लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए।
