• Friday 24th of July 2026

प्रधानमन्त्री महिला कप क्रिकेटःसुदूरपश्चिम सेमिफाइनलमा प्रवेश


  • आशाका किरण
;'b"/klZrd,*k';-/f;;_M!= wgu9Lsf] kmfKnf ls|s]6 d}bfgdf hf/L k|wfgdGqL sk dlxnf /fli6«o lqms]6 k|ltof]lutf cGtu{t laxLjf/ ePsf] k|lt:kwf{df k|b]z g+@-;'Gtnf /ªsf] h;L{_sf] ljs]6 lnPkl5 v'zL x'Fb} ;'b"/klZrd -/ftf] h;L{_sf v]nf8L .

धनगढीमा जारी प्रधामन्त्री महिला कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले प्रदेश नं२लाई ८७ रनले पराजित गरेको छ । तीन खेलमा प्रतिस्पर्धा गरेको सुदूरपश्चिमले एकमा हार र दुईमा जित दर्ता गर्दै चार अङ्कसहित सेमिफाइनलमा पुगेको हो ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिममा निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै १४३ रन बनाएको थियो । बिन्दु रावलले ५०रन सहित अर्धशतकीय पारी खेलिन ।

रुबि पोदारले २१, डल्ली भट्टले १५, कविता जोशी र सङ्गीता धामीले समान १३÷ १३ रन बनाइन । प्रदेश–२ का लागि बिमला मगरले दुई र साना प्रविन, अनुराधा चौधरीले एक एक विकेट लिइन ।

एक सय ४४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश– २ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६रन मात्रै बनाउन सक्यो ।

उसका लागि साना प्रविनले १४र बिमला मगरले १२ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । सुदूरपश्चिमका कविता जोशी र लक्ष्मी साउँदले समान दुई विकेट लिदा इश्वरी विष्टले एक विकेट लिइन । बिन्दु रावल ‘प्लेयर अफ द म्याच’ घोषित भइन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij