• Wednesday 9th of September 2026

ज्येष्ठ नागरिकबाट समाज विकासका लागि ज्ञान र प्रेरणा लिउँ : राष्ट्रपति भण्डारी


  • आशाका किरण
k|b]z g+= @ sf] ;/sf/n] laxLaf/ jL/uGhdf cfof]hgf u/]sf] …a]6L k9fp, a]6L arfpÚ z}lIfs ladf cleofgsf] pb3f6g sfo{qmdnfO{ ;Daf]wg ug'{x'b} /fi6«klt ljBfb]jL e08f/L . pxfFn] dlxnf ;zlQms/0fsf kIfdf k|b]z ;/sf/n] yfngL u/]sf] cleofgn] 7"nf] d2t lbg] ljZj; JoQm ug'{eof] . t:jL/ M lahos'df/ dxtf], k;f{, /f;;

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा आर्जन गरेको ज्ञान, प्रेरणा, अनुभव र सीपलाई उच्च मूल्याङ्कन गर्दै समाजको उत्थान र मुलुकको विकासमा उहाँहरुलाई उपयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई अभिनन्दन गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक देशका ज्ञानका खानी र प्रेरणा हुनुहुन्छ, उहाँहरुबाट अहिलेको पुस्ताले अनुभव र सीप लिएर समाज विकासमा लगाउन सक्नुपर्छ ।”

ज्येष्ठ नागरिकको सम्मानमा कुनै पनि आघात पुग्न नदिन र सरकारले तोकेको सुविधाको प्रभावकारी कार्यान्वयन गर्न पनि उहाँले सबैको ध्यानाकर्षण गराउनुभयो ।

उक्त दिवसका अवसरमा समाजकल्याण परिषद्, राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसहितका व्यक्तित्वलाई अभिनन्दन गर्नुभएको थियो । अभिनन्दित हुनेमा वरिष्ठ पत्रकार भैरव रिसाल, कृष्णा ताम्राकार, अर्थविद् हिमालय शमशेर राणा, शिक्षासेवी नानीमैया श्रेष्ठ, साहित्यकार भद्रकुमारी घले, कलाकार कालु कुमाले र वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की हुनुहुन्छ ।

यस्तै विभिन्न क्षेत्रबाट ज्येष्ठ नागरिकका लागि सेवा दिने कलाकार मदनदास श्रेष्ठ, पूर्वसचिव कृष्णहरि बाँस्कोटा, पूर्वराष्ट्रसेवक मोहनबहादुर केसी, सामाजिक कार्यकर्ता प्रकाश गौतम, खेमराज उपाध्याय, बालकृष्ण थापामगर र जोगबहादुर महर्जनलाई सम्मानित गरियो ।

अभिनन्दित व्यक्तित्व जोशीले जीवनलाई सत्यम शिवम्, सुन्दरम्, बनाउने समय नै बुढ्यौली भएकाले ज्येष्ठ नागरिकले अरुसँग गुनासो नगरेर चिन्तनमनन्मा समय व्यतित गर्नुपर्ने बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा एक १० शय्याको वृद्धाश्रम निर्माण भएको र त्यसलाई चाँडै सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

कोषका सभापति वसन्तराज कार्कीले विसं २०५१ पुस ११ गते तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले मासिक रु १०० वृद्धभत्ता दिन शुरु गरेको दिनलाई गत वर्ष सरकारको निर्णयका आधारमा यस वर्षबाट दिवस मनाउन थालिएको बताउनुभयो ।

सो भत्ता हाल मासिक रु चार हजार पुगेको छ । कार्यक्रममा ज्येष्ठ नागरिकबारे आयोजित कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij