• Friday 24th of July 2026

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ


  • आशाका किरण
a|fpg ;'u/;lxt b'O{ 6«s rfns kqmfp ef]hk'/, !$ df3 M v}/f] x]/f]Og -a|fpg ;'u/_;lxt kqmfp k/]sfnfO{ ;fj{hlgs ub}{ k|x/L . lhNnf k|x/L sfof{no ef]hk'/n] sl/a b'O{ u|fd Ps ldlnu|fd a|fpg ;'u/ / ? *# xhf/ ^ ;o gub;lxt 6«s rfns wgs'6f gu/kflnsf 3/ eO df]/ª s]/faf/L a:b} cfPsf @( jifL{o ;'dg tfdfª / ;+v'jf;ef wd{b]jL gu/kflnsf–% a:g] #& jifL{o bnaxfb'/ du/ kqmfp u/]sf] xf] . tl:a/ M o'j/fh lji6÷ /f;;

जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो ।

सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नंको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताउनुभयो ।

उनीहरूका साथबाट करिब दुई ग्राम एक मिलीग्राम ब्राउन सुगर र रु ८३ हजार ६०० नगद बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र स्खुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन् । नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij