• Tuesday 8th of September 2026

कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने


  • आशाका किरण

नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ ।

काभिड– १९ को बढ्दो जोखिमलाई ध्यानमा राखेर प्रतियोगिता दुई चरणमा गर्ने मञ्चको आज सम्पन्न बैठकले निर्णय गरेको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत खुला म्याराथन ४२.१९५ किमि र महिलातर्फको २१ किमि निर्धारित समय फागुन ७ गते नै हुने र आपाङ्गतर्पmका १० र ५ किलोमिटर दौड चैत महिनाको १२ गते गर्ने निर्णय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँले पोखरा म्याराथन देशकै जेठो म्याराथन रहेको दाबी गर्दै म्याराथन सफल बनाउन विभिन्न विषयगत समितिले तीव्रता दिँदै आएको बताउनुभयो । म्याराथनलाई सफल बनाउन विभिन्न टोल विकास संस्था, आमा समूह र अन्य सङ्घ संस्थालाई सदा झैं यस पटक पनि सहयोगका लागि अपिल गर्दै उहाँले प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मञ्चका महासचिव कृष्ण तिमिल्सिनाका अनुसार पोखरा म्याराथनअन्तर्गत खुला म्याराथनतर्फको पुरस्कारको राशि रु चार लाख नगद भएसँगै प्रतियोगितामा सहभागी हुन केन्यालगायत अन्य अफ्रिकी मुलुकबाट धावक पोखरा आउने तयारी गरिरहेको सूचना प्राप्त भएको छ । “पोखरा म्याराथनले अव विश्वव्यापी रुपमा चर्चा पाउन थालेको छ । यसका लागि विदेशबाट समेत धावक पोखरा आउनु गौरवको विषय हो”, उहाँले भन्नुभयो, “विदेशीसँगै स्वदेशी धावकले समेत म्याराथनमा सहभागीका लागि अनलाइनमार्फत दर्ता गराउन सकिनेछ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij