• Wednesday 9th of September 2026

दाङमा साढे ७ केजी चरेससहित दुई पक्राउ


  • आशाका किरण

दाङमा साढे ७ केजी लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

रुकुमपूर्व भूमे गाउँपालिका–९ चुनबाङ घर स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१४ बसपार्कमा डेरा गरी बस्ने ५० वर्षीय दलबहदुर कामीको कोठाबाट सात केजी ७७९ ग्राम लागुऔषध चरेश बरामद गरिएको दाङ प्रहरी प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लले जानकारी दिनुभयो । निजलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दा आइतबार राति ११ बजे उक्त परिमाणको चरेश बरामद गरिएको दाङका प्रहरी प्रमुख काफ्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार कामी र रुकुमपूर्व भूमे गाउँपालिका–९ घर भई हाल घोराही उपमहानगरपालिका–१८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुनलाई पक्रउ गरिएको हो । पुन लागुऔषधको कारोबार गर्ने व्यक्तिको आशङ्कामा फोन कल तथा सोधपुछका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij