• Wednesday 9th of September 2026

आगलागी नियन्त्रणमा आउन नसक्दा हेलिकप्टरबाट पानी हालिँदै


  • आशाका किरण
cfunfuL bdf}nL, @@ kmfu'g M tgx'Fsf] Jof; gu/kflnsf–$ l:yt d'Vorf]sdf cfOtaf/ laxfg ePsf] cfunfuL . cfuf] lgoGq0fsf] k|of; eO/x]sf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो ।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पु¥याएको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । मन्त्री श्रेष्ठ मादी नदीमा बसेर पानीको व्यवस्था मिलाइरहनुभएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । प्रहरी नायब उपरीक्षक युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताउनुभयो । “कति घरमा क्षति भयो भन्न अहिले सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभन्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij