• Wednesday 9th of September 2026

महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक छः उपराष्ट्रपति पुन


  • आशाका किरण
blIf0f Pl;ofnL dlxnf ;Dd]ng pb3f6g sfo{qmd sf7df8f}F, ! r}tM pk/fi6«klt gGbaxfb'/ k'g dªunaf/ /fhwfgLdf cfof]lht b'O{ lbg] blIf0f Pl;ofnL dlxnf ;Dd]ng pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M rG›snf If]qL÷/f;;

उपराष्ट्रपति नन्दबहादुर पुनले जलवायु परिवर्तन र कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गर्नुहुँदै उहाँले महामारीको समयमा अधिकांश महिला आफन्तबाटै घरेलु हिसाको सिकार हुनुपरेको बताउनुभएको हो ।

“विश्वव्यापी रुपमा पछिलो समय बढ्दै गएको महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो, “हालको अवस्थामा समाजमा महिलाहरुले शोषण र हिंसा भोग्नु दुःखद् विषय हो ।” उपराष्ट्रपतिले पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिका सम्बन्धी हकअधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुहुँदै महिला सशक्तीकरणको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु सबै सरोकारवालाको चासोको विषय हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले पछिल्लो समय अयोगमा सबैभन्दा बढी महिला घरेलु हिंसाका घटनाको उजुरी आउने गरेको जानकारी दिनुभयो ।

दक्षिण एसियाकी प्रसिद्ध लेखक एवं भारतीय महिला अधिकारकर्मी मीरा खन्नाले सम्मेलन दक्षिण एसियाली मुलुकमा महिला हिंसा न्यूनीकरण गर्न बनेका कानुनको कार्यान्वयनतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । भारतीय मानवअधिकारकर्मी एवं वातावरणविद् डा बन्दना शिवाले आर्थिक रुपले महिला सशक्त नभएसम्म हिंसाका घटनामा कमी आउने बताउनुभयो ।

महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापीरूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुईदिने दक्षिण एसियाली सम्मेलन सुरु भएको हो । सम्मेलनमा महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी गरी विभिन्न देशका १०० जना सहभागी रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij