• Saturday 25th of July 2026

बालयौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


  • आशाका किरण

बालयौन दुव्र्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् ।

माडी नगरपालिका–५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई कक्षा ९ मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुव्र्यवाहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij