• Saturday 25th of July 2026

बुढानिलकण्ठ नगरपालिकाको मेयरको रेसमा एकीकृत समाजवादीबाट निरन्जन नेपाल र बालकृष्ण श्रेष्ठ अगाडी


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । बुढानिलकण्ठ नगरपालिकामा नेकपा एकीकृत समाजवादी आफ्नो दरिलो उपस्थिति देखाउन कम्मर कसेर लागेको छ ।

चुनावी माहोलले देश तातेको बेला बुनपा समाजवादीमा समेत उम्मेदवार हुन चाहनेको लाईन लामै बन्न थालेको छ ।

बुनपाको मेयरमा समाजवादीबाट निरन्जन नेपाल र बालकृष्ण श्रेष्ठको नाम चर्चामा छ ।

साबिक कपन गाविसको मतदाता संख्या बढी भएका कारण निरन्जन नेपाल बलियो उम्मेदवार हुन सक्ने समाजवादी वृत्तमा चर्चा छ ।

बुनपा ३ का वडा अध्यक्ष समेत रहेका बालकृष्ण श्रेष्ठ जनतामाझ लोकप्रिय छन् ।

एमाले युवा संघको केन्द्रीय राजनीतिबाट उदाएका निरन्जन नेपाल युवापुस्तामा लोकप्रिय छन् ।

समाजवादी एक्लै भिड्छ कि गठबन्धनमा त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij