• Tuesday 8th of September 2026

बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्छ : नेत्री कोइराला


  • आशाका किरण
g]qL sf]O/fnf pb3f6g ul/Fb} sf7df8f}F, @( r}t M lul/hfk|;fb sf]O/fnf n]a/ kmfp08]zgn] dËnaf/ uf]s0f]{Zj/df cfof]hgf u/]sf] …afn>d Go"gLs/0fsf nflu hfu/0f sfo{qmdÚsf] pb3f6g ub}{ sfFu|]; g]qL Pjd k"j{ pkk|wfgdGqL ;'hftf sf]O/fnf . t:jL/ M cRo't /]UdL÷/f;;

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेशनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री कोइरालाले गरिबीका कारण बालश्रम बढेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । “जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन,” उहाँले भन्नुभयो । बालबालिकालाई श्रममुक्त बनाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिका–८ का वडाध्यक्ष एवम् गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले रेष्टुरेन्ट, ह्यान्डिक्राफ्ट, यातायातलगायत क्षेत्रमा बालश्रम अत्यधिक रहेको भन्दै यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का कार्यक्रम सहायक अरविन्द लेखकले स्थानीय तहलाई बालश्रम मुक्त श्रेत्र निर्माण गर्न आइएलओले काम गर्दै आएको बताउनुभयो । नेपाल ह्यान्डिक्राफ्ट तथा सिलाइ बुनाइ सम्बध श्रमिक सङ्घका अध्यक्ष तेजप्रसाद रिजालले ह्यान्डिक्राफ्टको क्षेत्रमा अत्यधिक बालश्रम रहेको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेस दक्षिणकाली नगरपालिकाका सहसचिव सानुकाजी गिरीले बालश्रम न्यूनीकरणका लागि नागरिक समाजको ठूलो भूमिका रहेको बताउनुभयो । कार्यक्रममा फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुधा दाहाल, महासचिव सूर्य नेपाल, कोषाध्यक्ष इन्द्रमणि उप्रेती, सदस्य गणेश भट्टराईलगायतले विगत १४ वर्षदेखि फाउन्डेशनले श्रम तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको कामका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij