• Tuesday 8th of September 2026

एमाले अध्यक्ष ओलीद्वारा घलेगाउँलाई सुखी गाउँ घोषणा


  • आशाका किरण
;Daf]wg ub}{ Pdfn] cWoIf cf]nL ndh'ª, @ j}zfv M ndh'ª SJxf]nf;f]y/ ufpFkflnsf– # df /x]sf] ko{6sLo:yn 3n] ufpFnfO{ ;'vL ufpF 3f]if0ff sfo{qmdnfO{ z'qmaf/ ;Daf]wg ub}{ g]kfn sDo'lgi6 kf6L{ - Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL . t:jL/ M hgs >]i7÷/f;;

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको दक्षिण एशियाकै नमूना घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ । लमजुङ क्व्होलासोथर गाउँपालिका–३ मा रहेको पर्यटकीय यस गाउँलाई आज एक कार्यक्रमबीच उहाँले घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभयो ।

हेलिकप्टरमार्फत घलेगाउँ आउनुभएका अध्यक्ष ओलीले आधुनिक गाउँ र स्मार्ट भिलेका रूपमा अघि घलेगाउँ बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरुका लागि पनि उदारणीय बनेको छ, घलेगाउँबाट सिक्न जरुरी छ ।” अध्यक्ष ओलीले घलेगाउँमा रहेको उत्तरकन्य प्राविलाई आधुनिकीरण र प्रविधियुक्त विद्यालय बनाउनुपर्ने बताउनुभयो ।

काम नगरी बस्ने, खानेलाई सुखी नभनी गाउँमा बसी आफैं उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र आर्थिकरूपमा बलियो भएकाले यस गाउँलाई सुखी गाउँ भनिएको घलेगाउँ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “शहरमा पाउने सुविधा घलेगाउँ पाउन सकिन्छ । सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवालगायतको सुविधा पुगेको छ । स्थानीयले पर्यटन विकास गरी सुखी भएको र आनन्दका साथ बसेकाले सुखी गाउँ भनिएको हो ।”

एक सय ३० घरधुरी रहेको यहाँ सबै एकै प्रकारको रातो रङको जस्ता पाताको छानो छ । विसं २०५७ वैशाख २३ गते प्रथम महोत्सव गरी घलेगाउँमा १२ घर घरवास (होमस्टे) स्थापना गरेको यहाँ यतिबेला ४२ घरमा घरवास कार्यक्रम रहेको छ । होमस्टेमा एकै प्रकारको आरामदायी कोठा छन् । सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मङ्सिर १७ गते स्मार्ट भिलेज घोषणा भएको थियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृतसमेत गरेको थियो । त्यस्तै, सो अघि दुई पटक दक्षिण एशियाकै नमूना घलेगाउँ घोषणा भइसकेको छ । जिल्लाकै सबैभन्दा बढी पर्यटक यस गाउँमा आउने गर्दछन् । होमस्टे सञ्चालकले प्रतिमहिना ४० देखि ६० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

होमस्टे सञ्चालन गरिएको ४२ घरबाहेक अन्य घरका वासिन्दाले पर्यटकका लागि आवश्यक अन्न, तरकारी, फलफूल, मासु, अण्डालगायत उत्पादन र स्वरोजगारमा जीवनयापन गर्दै आएका छन् । केही चोया, ऊन, अल्लोलगायतबाट हस्तकलाका सामग्री तयार पार्छन् । केहीले व्यावसायिक पसल चलाएका छन् । भेँडाको लागि गाउँलेको आफ्नै गोठ छ । घुम्ती पशुपालन र कृषिबाट पनि गाउँलेले आम्दानी गरेका छन् । केही वैदेशिक रोजगारीमा पनि छन् । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री तथा नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’को नारालाई सार्थक बनाउने परिकल्पना थाले अनुरुप नै घलेगाउँलाई आज सुखी गाउँ बनाउन सफल भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij