• Tuesday 8th of September 2026

तनहुँ फुटबल सङ्घमा २५ वर्षपछि नेतृत्व परिवर्तन


  • आशाका किरण
gjlgjf{lrt sfo{;ldlt bdf}nL, ^ j}zfv M tgx'F lhNnf km'6an ;ª3 -PGkmf_ sf] clwj]zgaf6 lgjf{lrt sfo{;ldlt ;fd"lxs t:jL/df . ;ª3sf] cWoIfdf ;ToeQm kflnv] lgjf{lrt x'g'ePsf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित हुनुभएको छ । पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित बन्नुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत पाउनुभएको थियो । अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि मतदानको प्रक्रियाबाट छिनोफानो गरिएको हो । २५औँ वर्षसम्म एउटै व्यक्तिले नेतृत्व गर्दै आएको उक्त संस्थामा आजदेखि नयाँ नेतृत्वले नेतृत्व सम्हालेका हुन् ।

अन्य पदमा भने सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक यज्ञबहादुर रानाले बताउनुभयो । समितिको उपाध्यक्षमा हरि तिमिल्सिना, दिनेश केसी र भिजन श्रेष्ठ तथा महिला सदस्यमा सविता भट्टराई निर्विरोध निर्वाचित बन्नुभएको छ ।

समितिका सदस्यमा नलबहादुर दरै, विजय गुरुङ, चन्द्रबहादुर आले, सुरज थापा मगर, जयप्रकाश केसी, किशोर पन्त, प्रमोद वाग्ले, इन्द्र गुरुङ, ज्योति श्रेष्ठ, कुमार श्रेष्ठ चयन भएको निर्वाचन समितिका सदस्य चन्द्रकान्त वाग्लेले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष पालिखेलाई निवर्तमान अध्यक्ष रत्नकुमार श्रेष्ठले माइन्युट हस्तान्तरण गर्नुभएको थियो । नवनिर्वाचित समितिका पदाधिकारीलाई खादा र माला लगाई सफल कार्यकालको शुभकामना दिइएको थियो । निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल २५औँ वर्षसम्म रहेको भन्दै केक काटेर एन्फाका पदाधिकारीलाई आगामी कार्यकालका लागि अगाडि बढ्न शुभकामना दिनुभएको हो ।

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँको अधिवेशन नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेविसङ्घका पूर्वमहामन्त्री आनन्दराज त्रिपाठीले उद्घाटन गर्नुभएको थियो । उहाँले नेपालका कुना कन्दरामा पनि फुटबलका राम्रा खेलाडी रहे पनि राज्यले पहिचान गर्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij