• Tuesday 8th of September 2026

नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना, खेलाडी र अफिसियललाई प्रतिबन्ध


  • आशाका किरण

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘बी’ डिभिजनमा रहेको नयाँबस्ती युवा क्लबलाई रु तीन लाख जरिवाना गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले बी डिभिजन लिग खेलमा अनुशासनहिन कार्य गरेको भन्दै नयाँबस्तीलाई जरिवाना गरिएको हो । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्तगत गत चैत २६ गते भएको खेलमा नयाँबस्ती युवा क्लब मध्यपुर युथ एशोसिएशनसँग ३–१ गोलअन्तरले पराजित भएपछि नयाँबस्तीले अभद्र व्यवहार गरेका कारण एन्फाले कारबाही गरेको हो ।

त्यतिबेला मध्यपुरसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गर्नुभएको थियो । सो जरिवानासँगै एन्फाले क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध लगाएको छ । अफिशियल श्रीबहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनै पनि फुटबल गतिविधिमा भाग लिन नपाउने गरी निलम्बन गरेको छ । एन्फाले क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij