• Tuesday 8th of September 2026

राष्ट्रिय टेबुलटेनिस प्रतियोगिता हुने


  • आशाका किरण

स्पिन इभेन्ट्स प्रालिको आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।

आगामी जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित देशभरका जिल्ला तथा क्लबका खेलाडीले सहभागिता जनाउने छन् ।

पूर्वराष्ट्रिय टेबलटेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा हुने प्रतियोगितामा जुनियर पुरुष एकल, जुनियर महिला एकल, क्याडेट पुरुष एकल, क्याडेट महिला एकल, पुरुष एकल (१२ वर्ष मुनि), महिला एकल (१२ वर्ष मुनि), पुरुष भेट्रान एकल (४० वर्षमाथि), पुरुष भेट्रान एकल (५० वर्षमाथि) र पुरुष भेट्रान एकल (६० वर्षमाथि) गरी नौ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

पुरुष÷महिला तथा क्याडेट पुरुष÷महिलातर्फको विजेताले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र सेमिफाइनलमा पुग्नेले रु पाँच हजार पाउने छन् । त्यसैगरी १२ वर्ष मुनि पुरुष एकल तथा महिला एकल विधा र भेट्रानतर्फको विजेताले रु १० हजार, दोस्रो हुनेले पाँच हजार र सेमिफाइनलमा पुग्नेले रु दुई हजार ५०० पाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij