सुदर्शन बजगाई,आशाका किरण समाचार । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपालले आयोजना गरेको छैठौं निसान कप फुटसल प्रतियोगिता सुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमामा संचालन गरिएको प्रतियोगितामा ३६ टिमले प्रतिस्पर्धा गर्दैछन् । नक आउट प्रणालिबाट संचालन हुने प्रतियोगिताका विजयी खेलाडीलाई नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक सौर्यनाथ आचार्यले बताए ।विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगिता रमबल फुटसलमा संचालन भईरहेको निसानका अध्यक्ष ओम प्रसाद ढकालले बताए ।
