• Tuesday 8th of September 2026

नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दीक्षित भए युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू (भिडिओ)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटका प्रमुख स्काउट एवम् नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूको दिक्षान्त समारोह नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा सम्पन्न भएको छ । आज एक समारोहकाबिच नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले युवा तथा खेलकुद मन्त्रीलाई स्काउटको दीक्षा गराएका हुन् ।

ऐन अनुसार युवा तथा खेलकुद मन्त्री प्रमुख स्काउट हुने व्यवस्था छ ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू
कार्यक्रममा संचालन गर्दै नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई
कार्यक्रममा बोल्दै नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारी
कार्यक्रममा संबोधन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम

राष्ट्रिय परिषद सदस्य युवा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमलाई समेत कार्यक्रममा दीक्षित गरिएको थियो ।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले नेपाल स्काउटको आफ्नो कार्यकालको फेरिस्ता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले नेपाल स्काउटमा आफुपनी जोडिए मौका पाएको र एक घर एक स्काउट पुर्‍याउने अभियानमा मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

स्काउटलाई स्कुलमा मात्र नभई विश्वविद्यालयमा समेत विस्तार गर्न सरकारको निति तथा कार्यक्रममा समाबेश गर्न आफू लागिपरेको प्रमुख स्काउट समेत रहेका लिम्बुले बताए ।

कार्यक्रम संचालन नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले गरेका थिए भने कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव एवम् स्काउटका राष्ट्रिय परिषद् सदस्य सुर्यप्रसाद गौतमले समेत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij