• Friday 24th of July 2026

युवाहरुले खोजेका बिषयहरु प्रदान गर्न युवा नीति परिमार्जन गर्न सरकार तयार छ : युवामन्त्री डिग बहादुर लिम्बु


  • आशाका किरण

अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइको छ ।

‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ ,नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास भन्ने नाराका साथ शनिबार अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो । दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा मूल समारोहको आयोजना गरेको थियो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बुले देशलाई समृद्धिको दिशातर्फ लैजान युवाहरु तयार हुनुपर्ने बताउनुभयो ।

उहाले मुलुकबाट युवाहरुले खोजेका बिषयहरु प्रदान गर्न युवा नीति परिमार्जन गर्न सरकार तयार रहेको जिकिर गर्नुभयो । युवाहरुलाई उद्यमशिल बनाउन चालू आर्थिक बर्षलाई युवा उद्यमशिल बर्षमा रुपमा मनाउने उहाले बताउनुभयो ।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालिएको हो ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij