सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेका गोकर्णेश्वर नगर कमिटी सदश्य विनोद चापागाईं गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् । आज पत्र बुझ्दै उनी नियुक्त भएका हुन । उपप्रमुखको सचिवालय र कामकारबाहीलाई ब्यवस्थित गर्न र जनताको गुनासोलाई उपप्रमुखसंग पुर्याएर समाधान दिन आफू तत्पर रहने विनोद चापागाईंले गोकर्णेश्वर अनलाइनलाई बताए । चापागाईंले पुर्व प्रशाशक समेत हुनुन्छ । चापागाईंसंग राष्ट्रिय योजना आयोगमा लामो समय महत्वपूर्ण जिम्मेवारी सम्हालेको र रक्षा मन्त्रालयको सचिवालय संचालनको लामो अनुभव समेत रहेको छ । आफ्नो अनुभव गोकर्णेश्वर नगरपालिकालाई समृद्ध बनाउन प्रयोग गर्ने विनोद चापागाईंले बताउनु भयो ।
