• Friday 24th of July 2026

जेभियर इन्टरनेशनल कलेज क्रिकेट कपको उपाधी फार वेस्टर्नलाई


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । जेभियर इन्टरनेशनल कलेज कालोपुलले आफ्ना कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीलाई लक्षित गरेर आयोजना गरेको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

आज मुलपानीमा रहेको राष्ट्रिय क्रिकेट रंगशालामा कार्यक्रम सम्पन्न भएको हो ।

फार वेस्टर्नले दिएको ९४  रनको लक्ष पक्षाउन नसकेको जेभियर पल्टन ६५ रनमै अल आउट भएपछी  फार वेस्टर्नले उपाधी जितेको हो ।

क्रिकेट प्रतियोगितामा १८ वटा टोली उपाधीकालागी भिडेका थिए ।

१० ओभरको खेलमा जेभियर पल्टनलाई २९ रनले हराउँदै फार वेस्टर्नले उपाधी जितेको हो ।

फाईनलको म्यान अफ द म्याच चक्र भन्डारी,उत्कृष्ट बलर सुरेन्द्र रोकाया र उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द सिरिज कृतक दाहाल घोषित भए ।

कार्यक्रमको विजेतालाई नेपाली क्रिकेट टिमका पुर्व कप्तान बिनोद दासले मेडल तथा शिल्ड वितरण गरेका थिए ।

कार्यक्रममा जेभियर इन्टरनेसनल कलेजका अध्यक्ष लोकबहादुर भण्डारी,जेभियर कलेजका सिईओ गोपाल भण्डारी र प्रधानाध्यापक दिपेन दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका विनोद दासले खेल क्षेत्रमा जेभियर इन्टरनेशनल कलेज कालोपुलले गरेको योगदानको कदर गर्दै क्रिकेटमा समेत लगानी गरेको देख्दा आफु उत्साहित भएको धारणा राखेका थिए ।

मुलपानी क्रिकेट मैदानमा खेल ३ दिनसम्म चलेको थियो ।

फोटो : कुशल भण्डारी

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij