सुदर्शन बजगाई,आशाका किरण समाचार।कालोपुलमा रहेको जेभियर इन्टरनेसनल कलेजले राईजिंग टयालेन्ट अफ जेभियर(RTX) सम्पन्न गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जेभियर इन्टरनेसनल कलेजले RTX सम्पन्न गरेको हो । कार्यक्रममा जेभियर इन्टरनेसनल कलेजका विद्यार्थीले गायन,अभिनय,नृत्य र वाध्य वाधन कला प्रस्तुत गरेका थिए । विद्यार्थीको कला प्रस्फुटन गर्न मंच प्रदान गरिएको कलेजका प्रधानाध्यापक दिपेन दाहालले आशाका किरण मिडियालाई बताए । ११ बजेबाट प्रारम्भ भएको कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो । कार्यक्रममा कलेजका सीइओ र अध्यक्ष गोपाल भण्डारी र लोक बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीले भरपुर मनोरन्जन लिएका थिए ।
