सुदर्शन बजगाई,आशाका किरण समाचार । कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेज कालोपुलमा अध्यनरत विद्यार्थीहरुद्वारा संचालित जेभियर सोसियल इको क्लबले अपंगता मैत्री समाज कास्कीलाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।
आज कालोपुलमा एक कार्यक्रम आयोजना गरि कलेजका प्राचार्य दिपेन दाहालको रोहोबरमा सामाग्री हस्तान्तरण गरिएको हो ।
मार्च फर अ कज नाम दिईएको अभियानमा विद्यार्थीले स्वस्फुर्त दिएको सहयोग हस्तान्तरण गरिएको जेभियर सोसियल एन्ड इको क्लबकि अध्यक्ष प्रकृति श्रेस्ठले बताइन् ।
विद्यार्थीमा सामाजिक भावना जागृत गराउन र सानो सहयोगले ठूलो परिवर्तन लाउन सक्ने भएर विद्यार्थीलाई प्रोत्सान गर्दै अभियान संचालन गरिएको थियो जेभियर इन्टरनेशनल कलेजका प्रधानाध्यापक दिपेन दाहालले बताए ।
आफ्नो खाजाको खर्च कटाएर सहयोग गर्न पाउँदा खुसी लागेको विद्यार्थीले बताए ।
अपंगता मैत्री समाजले विद्यार्थीले सहयोग गरेको पेन,पेन्सिल,टुथ पिक,इयर बड,भाँडा माझ्ने जाली लगायतको सामाग्री दिईएको र सो सामाग्री बजारमा गएर अपांगमैत्री समाज कास्कीका स्वयंसेवकले बिक्री गरेर आय आर्जन गर्ने र सो बाट आश्रीत ब्यक्तीहरुको जीवन यापन चल्ने अपांग मैत्री समाज कास्कीका अध्यक्ष दण्डपानी ढकालले बताए ।
उद्धमशिलता विकास गर्ने र अपांगहरुपनी केही गर्न सक्छन् भन्ने भावना जागृत गराउन र दृस्ठिबिहिनहरुलाई आत्मनिर्भर बनाउन जेभियर इन्टरनेशनल कलेजका बिद्यार्थीहरुको प्रयास सार्थक हुने अपांग मैत्री समाज कास्कीका अध्यक्ष दण्डपानी ढकालको दाबी छ ।
अपांग मैत्री समाज कास्कीमा आगलागी भएपछि संस्थामा समस्या भएको थाहा भएर जेभियर इन्टरनेशनल कलेजका प्रधानाध्यापक दिपेन दाहालले विद्यार्थीलाई अपिल गरेका थिए ।
सानो सहयोगले कसैको जिवनमा परिवर्तन ल्याउन सक्छ भनेर विद्यार्थीलाई उत्प्रेरित गरेपछि अभियान सम्भव भएको प्रधानाध्यापक दिपेन दाहलले बताए ।
जेभियर इन्टरनेशनल कलेजमा संचालित विभिन्न क्लबले आयोजना गर्ने अतिरिक्त क्रियाकलापको नेतृत्व विद्यार्थीहरुले गर्नेगरेका छन् ।
